गृहपृष्ठ प्रदेश १ मा थप ९६ जना डिस्चार्ज, ८० जना थपिए संक्रमित

प्रदेश १ मा थप ९६ जना डिस्चार्ज, ८० जना थपिए संक्रमित

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, संखुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ भने कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ । अझै पनि सक्रिय ससंक्रमितको संख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कुल एक लाख ९६ हजार ७८४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु