गृहपृष्ठ कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि
कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि
सोमबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच जिल्लाका गरी २४ जना र अन्य प्रदेशका पाँच जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी–पीसीआर परीक्षणमा २८ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ३०६ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार सोमबार कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १६, दैलेखका दुई, सल्यानका चार, जुम्लाका एक, कालिकोटका एक र अन्य प्रदेशका पाँच जना रहेका छन् ।
सोमबार प्रदेशभरका १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म प्रदेशभर कोरोना भाइरसमुक्त हुनेहरुको संख्या ६ हजार ९५१ पुगेको महाशाखाको तथ्यांक छ । हालसम्म कोरोना भाइरसका कारण प्रदेशभर २६ जनाको मृत्यु भएको कँडेलले बताए । जसमा सुर्खेतका १५, दैलेखका ६, डोल्पाका एक, कालिकोटका एक, रुकुमपश्चिमका एक र अन्य प्रदेशका दुईजना रहेको उनले जानकारी दिए । प्रदेशभर कोरोनाका सक्रिय संक्रमित भने १५१ जना रहेका छन् ।
प्रकाशित समय १८:४२ बजे

















