गृहपृष्ठ शनिबार ४१९ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

शनिबार ४१९ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ७ सय ११ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६७ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार शनिबार ७ सय ५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७० पुगेको छ ।

प्रकाशित समय १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु