गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार नाघ्यो

हालसम्म २ लाख ५४ हजार ४९४ जना कोरोनामुक्त

पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ६१ हजार नाघेको छ । बितेका २४ घण्टामा ४२१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । जसमध्ये ५ हजार ४८७ जना आइसोलेसनमा र ३६७ जना क्वारेन्टिनमा छन् ।

आइतबार थप ६३७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख ५४ हजार ४९४ जना कोरोनामुक्त भई घर फर्किएका छन् । त्यस्तै आज कोरोनाबाट थप ८ जनाको निधन भएको छ । यसका साथै देशभर ज्यान गुमाउनेको कुल संख्या १ हजार ८७८ पुगेको छ ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु