गृहपृष्ठ ४ हजार ४०१ पीसीआर परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि

४ हजार ४०१ पीसीआर परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनामा पीसीआर परीक्षण गर्दा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कोरोनाबाट थप ७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ जना छन् । त्यस्तै आज कोरोनाबाट निको भई थप ५९४ जना घर फर्किएका छन् । यसका साथै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ जना छन् । जसमध्ये ५ हजार २८९ जना आइसोलेसनमा र ३४२ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ जनामा पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु