गृहपृष्ठ शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज, थप ५५४ जनामा संक्रमण पुष्टि

शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज, थप ५५४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टाभित्र ५ हजार २ सय ६९ पीसीआर परीक्षण गर्दा नेपालमा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु