गृहपृष्ठ थप ३४८ जनामा कोरोना पुष्टि, ४४१ जना डिस्चार्ज

थप ३४८ जनामा कोरोना पुष्टि, ४४१ जना डिस्चार्ज

१६१ जना आइसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५६ पीसीआर परीक्षण गर्दा ३४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ । सक्रिय संक्रमितमध्ये ३ हजार ७ सय ६४ जना आइसोलेसनमा र १९० जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार १६१ जना कोरोना संक्रमितको आइसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २१८ जना रहेका छन् । उपत्यकामा काठमाडौंमा १५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु