गृहपृष्ठ भारतले नेपालसहित ६ देशलाई कोरोना खोप उपलब्ध गराउने
भारतले नेपालसहित ६ देशलाई कोरोना खोप उपलब्ध गराउने
भारत सरकारले नेपालसहित भूटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड- १९ विरुद्धको खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाएको छ ।
आजैदेखि नेपाल, भूटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने मन्त्रालयले बताएको छ । अफगानिस्तान, श्रीलंका र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ । (रासस)
प्रकाशित समय १३:४८ बजे

















