गृहपृष्ठ नेपालमा कुल संक्रमितमध्ये ९७.९ प्रतिशतले जिते कोरोना

नेपालमा कुल संक्रमितमध्ये ९७.९ प्रतिशतले जिते कोरोना

पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्मको कोरोना संक्रमितको संख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छ जनाको मृत्युसहित हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९७५ पुगेको छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु