गृहपृष्ठ कोरोना खोप १४ गतेदेखि, अग्रभागमा खटिने कर्मचारीलाई प्राथमिकता
कोरोना खोप १४ गतेदेखि, अग्रभागमा खटिने कर्मचारीलाई प्राथमिकता
प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड- १९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
पहिलो चरणमा अग्रभावमा रहेर कोभिड- १९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन् । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।
प्रकाशित समय १९:४२ बजे

















