गृहपृष्ठ इटालीमा कोरोनाभाइरस : ९० हजारभन्दा बढीको मृत्यु
इटालीमा कोरोनाभाइरस : ९० हजारभन्दा बढीको मृत्यु
इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस संक्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल संक्रमितको संख्या ९० हजार २४१ पुगेको छ । इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको संक्रमण देखा परेको सरकारी तथ्यांकले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल संक्रमित भएका छन् ।
इटालीमा बुधबार १५ हजार ७४८ कोरोनाा मुक्त भएपछि कोभिड –१९ को संक्रमण सुरु भएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखेपछि सक्रिय संक्रमितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ ।
प्रकाशित समय १४:३७ बजे

















