गृहपृष्ठ सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरूद्धको खोप

सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरूद्धको खोप

फाइल तस्विर

पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई पनि कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । पत्रकार, कुटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने सरकारले तयारी गरेको हो ।

त्यसका लागि उपत्यकाका चार वटा अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पत्रकारले सिभिल अस्पताल, कुटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन् । उनीहरूलाई सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने मन्त्रालयले निर्णय गरेको छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी छन् ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु