गृहपृष्ठ देशभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार नाघ्यो
देशभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनामा पीसीआर परीक्षण गर्दा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।
मंगलबार थप १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् । जसमध्ये ८२४ जना होमआइसोलेसनमा, ६४ जना आइसीयुमा र १५ जना भेन्टिलेटरमा रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यसका साथै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।
प्रकाशित समय १६:३३ बजे

















