गृहपृष्ठ छैठौं व्यवस्थापन तथा आईटी शिक्षा, शैक्षिक मेला बिहीबारदेखि

छैठौं व्यवस्थापन तथा आईटी शिक्षा, शैक्षिक मेला बिहीबारदेखि

‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैठौं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा विभिन्न शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजक पाठशाला एजुकेशन फाउण्डेशनले जानकारी गराएको छ ।

आयोजकका अनुसार यी संस्थालहरुले एमबीए, एमबीएस, एमएससी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए बीआइ, बीई, बीडीएफइन, बीडीइभ्स लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्छन् । छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दैरहेका र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए । नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाबाट प्रमाणित हुने उनले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका ३, काठमाडौं विश्वविधालयका २, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ । यसका साथै १५ वटा विदेशी विश्वविद्यालयको कोर्ष पढाउने संस्थाहरुको पनि सहभागिता रहने कार्यकारी निर्देशक मण्डलले जानकारी दिए ।

यस वर्षको पाठशाला एजुकेशन फाउण्डेशनद्वारा आयोजित छैठाैं नेपाल व्यवस्थापन र आईटी शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल विजनेश कलेज, काठमाडाैं नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट म्यानेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको आयोजकले जनाएको छ ।

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु