गृहपृष्ठ बालविकास शिक्षक संघको चेतावनी- माग पूरा नभए आन्दोलन गर्छौं

बालविकास शिक्षक संघको चेतावनी- माग पूरा नभए आन्दोलन गर्छौं

balbikash-newskarobar

नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले आफ्नो माग पूरा नगरे दशैंपछि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शिक्षकहरुले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल बालविकास शिक्षक केन्द्रीय संर्घष समितिले पत्रकार सम्मेलन गर्दै आफ्ना माग पूरा नगरे राजधानीमा आएर ३६ हजार शिक्षक सहिद हुन तयार रहेको बताएको छ । बालविकास शिक्षकहरु अधिकांश महिला भएकाले सरकारले बेवास्था गरेको उनिहरुको आरोप छ ।

‘हामीलाई महिला शिक्षक भनेर नहेपियोस् सरकारलाई भन्न चाहान्छौं,’ संर्घष समितिका अध्यक्ष कृष्ण कुमारी थापाले भनिन्, ‘सरकारले हामिलाई न्युनतम पारिश्रमिक भन्दा पनि कम छ, आइएलओले निर्देश गरेको पारिश्रमिक भन्दा कम छ, हामिलाइ कानुनसम्मत रुपमा अघिकार र दरबन्दी दिइयोस् नत्र हामी सहिद हुन पनि तयार छौं ।’

सरकारले बालविकासको शिक्षकहरुलाई मासिक ६००० हजार तलब मात्र दिएको छ । समय सापेक्ष बालविकासका शिक्षकहरुको तलब वृद्धि गरिएको छैन । शिक्षकहरुले बालविकासको शिक्षकहरुलाइ दरबन्दी सृजना गरे चाँडो भन्दा चाँडो व्यवस्थापन गर्न सरकार सँग माग गरेको छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु