गृहपृष्ठ शिक्षा मन्त्री पोखरेलमाथि खनिए डा. केसी, आर्थिक स्वार्थले विधेयक पास नगरेकाे अाराेप
शिक्षा मन्त्री पोखरेलमाथि खनिए डा. केसी, आर्थिक स्वार्थले विधेयक पास नगरेकाे अाराेप
चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा विद्येयक तत्काल पारित गर्न माग गरेका छन् । सोमबार विज्ञप्ती जारी गर्दै उनले १५ औं अनशनको क्रममा भएको सम्झौता अनुसार विधेयक पारित गर्न माग गरेका हुन् । उनले विद्येयक पास नभए जानकारी बिनै १६ औं अनशन बस्ने चेतावनी दिएका छन् ।
उनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलकै कारण संसदबाट विधेयक पास नभएको आरोप लगाएका छन् । तर, मन्त्री पोखरेलले भने आफ्नो कारण विधेयक पास नभएको भन्ने हल्लामा सत्यता नभएको बताउँदै आएका छन् । उनले अर्को अधिवेशनबाट विधेयक पास हुने बताएका छन् ।
डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सयाैंको संख्यामा सिटिइभिटी, नर्सिङ लगायतका कलेजहरु कार्यक्रम सञ्चालनको स्वीकृतीको पर्खाइमा छन्, त्यसमा शिक्षा मन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’ आर्थिक लाभ लिनको लागि मनत्री पोखरेलले विधेयक पास नभएको डा. केसीले आरोप लगाए ।
यसअघि, डा. केसीले मन्त्री पोखरेलको राजिनामा माग गरेका थिए । त्यस्तै डा. त्रिविका उपकुलपति तिर्थ खनिया सहितका व्यक्तिलाई कारबाही गर्न समेत माग गरेका छन् । उनले गौरीबहादुर कार्की आयोगले सिफारिस गरे बमोजिम उनीहरुलाई कारबाही गर्न आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयबाट शनिबार जारी भएको दुई विज्ञप्तीको समेत डा. केसीले ध्यानकर्षण जनाएका छन् । ‘मन्त्रीको निहित स्वार्थ पूर्तिका लागि मन्त्रायल तथा मन्त्रालयका कर्मचारीहरुको प्रयोग हुनु तथा भ्रमपूर्ण विज्ञप्ती जारी गरिनु दुर्भाग्यपूर्ण छ ।’ उनको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १६:०८ बजे

















