गृहपृष्ठ बुटवल कालिका क्याम्पसमा बिसीए कक्षा सुरु

बुटवल कालिका क्याम्पसमा बिसीए कक्षा सुरु

बुटवल कालिका क्याम्पसमा त्रिभूवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त ब्याच्लर इन कम्प्युटर एप्लिकेशन (बिसीए) को पढाइ सुरु भएको छ । बिहीबार बिसीए कक्षाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुभरम्भ गरे । कार्यक्रममा प्रमुख सुवेदीले बुटवलका सबै विद्यालयहरुमा एकै प्रकृतिको शिक्षा प्रदान गर्ने गरी दिर्घकालीन गुरुयोजना अगाडी बढाएको बताए ।

उनले कक्षा १२ पछि प्रत्येक विद्यार्थीले आय आर्जन गर्न सक्ने गरी शिक्षालाई व्यवहारमुखि बनाउदै लैजाने योजना नगरले बनाएको बताए । कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले पछिल्लो समयमा रोजगार मैत्री कम्प्युटर विषय पढाउन पाउनु गौरवको विषय भएको बताए । उनले कालिका क्याम्पसलाई समुदायिक नमुना क्याम्पस मात्र नभएर विश्व विद्यालयकै स्तरमा अगाडी बढाउने बताए ।

कालिका मानवज्ञान माविका सहायक प्रधानाध्यापक दिनेश थापाका अनुसार कक्षा १ देखि १२ सम्म नेपाली र अग्रेजी माध्यमा अध्यायपन हुँदै आएको छ । क्याम्पसको बिबीएसमा अहिले ४ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने बिसीएमा त्रिभुवन विश्व विद्यालयको निर्धारित कोटा अनुसार ३५ जना विद्यार्थी भर्ना भएका छन् ।

८ वटा सेमेष्टर प्रणालीमा सकिने बिसीए कोर्ष एक सेमेष्टरको ४० हजारका दरले कुल ३ लाख २० हजार रुपैयाँमा पूरा हुने बिसीए संयोजक थापाले जानकारी दिए । कार्यक्रमा कालिका मानवज्ञान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहदुर गलामीले सबैको साथ र सहयोगले मानवज्ञान नमुना बन्दै गएको बताएका थिए ।

कार्यक्रममा बुटवल कालिका क्याम्पससभा सदस्य प्रध्यापक आनन्दमान शाक्य, रामलाल श्रेष्ठ, बुटवल कालिका क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र खनाल क्षेत्री, विद्यार्थी प्रशन्न पौडेल लगायतले धारणा राखेका थिए ।

प्रकाशित समय १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु