गृहपृष्ठ बेहोस नपारी ट्युमर निकालियो
बेहोस नपारी ट्युमर निकालियो
मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।
बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी उनको पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
नसारोग विज्ञेषज्ञ डा. प्रत्युश श्रेष्ठ, डा. सुरेश विक, डा. भूषणकालु श्रेष्ठ, डा. शिखा श्रेष्ठ, डा. सुरज थुलुङ, डा. सुरेश सापकोटा, डा. सुमन रिजाल र डा. लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए ।
बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ ।
रासस
प्रकाशित समय १८:४७ बजे

















