गृहपृष्ठ डा. केसी इलाममा, १६ औं अनशनको तयारी
डा. केसी इलाममा, १६ औं अनशनको तयारी
फाइल तस्बिर
शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसी इलाम पुगेका छन् । उनी १६ औं पटकको अनसनको तयारीका लागि इलाम पुगेका हुन् ।
डा. केसीले आफूसँग भएका सहमति कार्यन्वयन गर्न अल्टिमेटम दिएका छन् । उक्त समयसम्म पनि आफ्ना माग पूरा नभए पुनः अनशन सुरू गर्ने उनको चेतावनी छ ।
डा. केसीले बुधबारसम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टीमेटम दिएका छन् । सो समयमा माग पूरा नभए बुधबार बेलुकादेखि अनशन सुरू गर्ने उनको चेतावनी छ ।
१६ औं पटकको अनशनका लागि इलाम पुगेका उनले सरकारले गरेको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक तयार गरेको भन्दै त्यसमा सुधार गर्नुपर्ने माग राख्दै आएका छन् ।
प्रकाशित समय १९:०२ बजे

















