गृहपृष्ठ सिएमसी करियर क्विजको उपत्यकाबाहिरको अडिसन सकियो
सिएमसी करियर क्विजको उपत्यकाबाहिरको अडिसन सकियो
मिटिङ प्वाइन्ट प्रा.लि.ले आयोजना गरेको सिएमसी करियर क्विजको ९औ संस्करणको उपत्यकाबाहिरको अडिसन सम्पन्न भएको छ । माघ तेस्रो सातादेखि पोखराबाट सुरु भएको सिएमसी करियज क्विजको अडिसन आइतबार सकिएको हो ।
अडिसन माघ २० गते पोखरा, २२ गते बुटवल, २४ गते चितवन र माघ २७ गते विराटनगरमा भएको हो । पोखरामा सम्पन्न अडिसनबाट गण्डकी स्कुल, के इ एफ सेकेण्डरी स्कुल र सगरमाथा स्कुलले क्वालिफाइङ राउण्ड खेल्नका लागि स्थान सुरक्षित गरेका छन् ।
बुटवल अडिसनबाट न्यु होराइजन सेकेण्डरी स्कुल, कालिका सेकेण्डरी स्कुल र अक्सफोर्ड कलेज छानिए भने चितवन अडिसनबाट सनराइज सेकेण्डरी स्कुल, गुरुकुल कलेज र जनज्योती पि डि एम स्कुल छनौट भए । विराटनगर अडिसनबाट हिमालयन सेकेण्डरी स्कुल, शिक्षादिप बोर्डिङ सेकेण्डरी स्कुल र मेरिल्याण्ड सेकेण्डरी स्कुलले क्वालिपाइङ राउण्डका लागि स्थान बनाएका छन् । उपत्यकाको अडिसन भने फागुन २ देखि सुरु हुनेछ । राजधानी र राजधानीबाहिरका प्रतिस्पर्धीमध्ये कम्तीमा ५० टिम छनोट गरिने आयोजकले जनाएको छ ।
प्रकाशित समय ०८:३३ बजे

















