गृहपृष्ठ प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्दै गायिका आस्था राउत

प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्दै गायिका आस्था राउत

काठमाडौं । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी आस्था राउत सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा पुगेकी छन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको बुझिएको छ ।

अहिले आस्थाकाे स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु