गृहपृष्ठ संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’
संगित बने ‘लुम्बिनी राइजीङ्गस्टार’
राइजिङ स्टार बनेपछि पुरस्कार ग्रहण गर्दै संगित पौडेल ।
फोटो : न्युज कारोबार
बुटवलका संगित पौडेल ‘लुम्बिनी राइजिङ स्टार सिजन टु’ को विजेता घोषित भएका छन् । गायन रियालिटी शो लुम्बिनी राइजिङ स्टार घोषित भएसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै अन्य आकर्षक पुरस्कार पनि प्राप्त गरेका छन् ।
लुम्बिनी टेलिभिजनबाट पाँच महिनादेखि प्रशारण भइरहेको लुम्बिनी राईजिङ स्टार टु मा ७१ जना प्रतिष्प्रर्धीलाई पछाडि पार्दै बुटवलका १४ वर्षिय पौडेलललाई प्रदेशसभा ५ का उपसभामुख कृष्णी थारु र टेलिभिजनका अध्यक्ष एजाज आलमले राइजिङ स्टार र पुरस्कार प्रदान गरेका थिए ।
प्रकाशित समय १४:५६ बजे

















