गृहपृष्ठ ‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’

‘संसद पुन:स्थापना भए त्यहीअनुसार गरौँला, चुनाव गरे चुनावमा जाऔँला’

sherbahadur_deuba

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले नेकपाको विवादका कारण कांग्रेसमा समेत समस्या आइरहेको बताए ।

‘जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन ?’ उनले प्रश्न गरे । अदालतमा विचाराधीन मुद्दाको विषयमा बोल्नु नहुने देउवाको भनाइ छ । ‘अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गरे भने चुनावमा जाऔँला,’ देउवाले भने ।

उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गरे । ‘निर्वाचन आयोग किन चुपचाप छ ? कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन,’ उनले भने ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु