गृहपृष्ठ विवादमा सन्नी लियोन, चलचित्रको नामप्रति व्यापक विरोध

विवादमा सन्नी लियोन, चलचित्रको नामप्रति व्यापक विरोध

पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सनी लियोनको जीवनमा आधारित चलचित्र ‘करणजीत कौर’ रिलीज हुनुअघि नै विवादमा जेलिएको छ ।

यो चलचित्रमा सन्नी लियोनको बालापनदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दासम्मको यात्रा देखाइएको छ । गएको ५ जुलाईमा चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । त्यसलगत्तै भिडियो स्ट्रीमिङ वेबसाइट युट्युवदेखि लिएर ट्वीटर, फेसबुकसम्म चलचित्रको समर्थन र विरोधमा तमाम टिप्पणीहरु देख्न सकिन्छ ।

ट्वीटरमा पवन गोग्नाले ट्वीट गरेका छन्, ‘एक पन्जाबी सिख महिला भएका नाताले सन्नीले आफ्नोमात्रै नभएर परिवारकोसमेत बदनाम गरेकी छन्, एक असफल व्यक्तिको जीवनीमा

कुनै रुचि छैन ।

शिरोमणि गुरुद्वार प्रबन्धक समितिले यो चलचित्रको नाममा आपत्ती जनाउँदै आधिकारिक रुपबाट यसको विरोध गर्ने निर्णय गरेको छ । चलचचित्रको नाममा आपत्ती जनाउँदै समितिले सोधेको छ, ‘सन्नी लियोनको जीवनमा आधारित शब्दमा ‘कौर’ शब्दको प्रयोग किन ?

समितिका प्रवक्ता दलजीत सिंह बेदीले भने, ‘उनी पोर्न स्टार थिइन्, बालापनमा सिख थिइन् र पछि उनले आफ्नो धर्म परिवर्तन गरी इसाइ धर्म अपनाइन् । उनका श्रीमान पनि इसाइ धर्मकै हुन् । सिख धर्ममा सिंह र कौरजस्ता उपमानहरुको निकै महत्वपूर्ण स्थान हुन्छ । यस्तोमा उनले कौर शब्दको प्रयोग गर्दा सिख धर्मको भावनामा ठेस पुगेको छ ।’

न्युज वेबसाइट डीएनएको खबरअनुसार यो चलचित्रका निर्देशक आदित्य दत्तले यो विवादमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘म पूर्ण रुपमा सिख समुदायको भावनाको सम्मान गर्छु, किनकि, म स्वयं पनि सिख नै हुँ ।’ उनले आश्चर्यता पनि व्यक्त गरेका छन् कि कसैले आफ्नो परिवारको नाम प्रयोग गर्दा पनि विरोध किन भइरहेको छ ।

सिख समुदायमा महिलाहरु आफ्नो नामको पछाडि कौर शब्द प्रयोग गर्ने गर्दछन्, जसको अर्थ राजकुमारी भन्ने हुन्छ ।

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु