गृहपृष्ठ भानु जयन्ती : शालिकमा माल्यार्पण, सम्झनामा हिमवत्खण्ड सम्मिलन
भानु जयन्ती : शालिकमा माल्यार्पण, सम्झनामा हिमवत्खण्ड सम्मिलन

नेपाली भाषा र साहित्यका मूर्धन्य आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ ।
भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले माल्यार्पण गरे ।
प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । भानुजयन्तीका अवसरमा शुक्रबार नै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गरेको सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहेको छ ।
विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मिएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गरेका थिए । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि उनका लोकप्रिय कृति हुन् ।
प्रकाशित समय ११:५० बजे