गृहपृष्ठ जोशीविरुद्ध उजुरी दिन १० दिनको समय

जोशीविरुद्ध उजुरी दिन १० दिनको समय

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी दिन सबैसँग आह्वान गरेको छ । जोशीविरुद्ध कुनै उजुरी भए शुक्रबारदेखि १० दिनभित्र दिन सक्ने गरी समितिले समय तोकेको हो ।

समितिको बिहीबार बसेको बैठकले जोशीविरुद्ध उजुरीको दिन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उजुरी दिनका लागि शुक्रबारदेखि साउन ६ गते आइतबारसम्मको समय निर्धारण गरिएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकताको जन्ममिति विवादका कारण पदबाट राजिनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीश बनेका थिए ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु