गृहपृष्ठ छलफलमा राजपा, विवादित विषय आजै टुंग्याउने
छलफलमा राजपा, विवादित विषय आजै टुंग्याउने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र संसदीय उपनेताका विषयमा विवाद चुलिएको छ ।
बिहीबार नै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतकको टुङ्ग्याउने भनिएपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन अनौपचारिक सहमति भएको छ । संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्दै आएका अध्यक्ष मण्डलका राजेन्द्र महतोलाई भने उपनेता बनाउने तयारी गरिएको छ । तर, अन्य बिषयमा पनि एकैसाथ सहमति खोज्ने भन्दै महतोलाई उपनेता बनाउने निर्णय गरिएको छैन ।
पार्टीको अध्यक्षमण्डलको बैठक शुक्रबार पनि बस्दैछ । केन्द्रीय कार्यलय बबरमहलमा दिउँसो १ बजेपछि बस्ने वैठकमा पार्टीको विधानमा उल्लेखित प्रावधानका विषयमासमेत छलफल हुने अध्यक्ष मण्डलका अनिल झाले जानकारी दिए । शनिबार संसदीय दलको नेता चयन गर्ने तय भएको छ । झाका अनुसार शुक्रवार बेलुकी वा शनिबार बिहानसम्म सबै बिषयमा सहमति भइसक्ने गरी छलफल हुनेछ । राजपाले आगामी महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।
प्रकाशित समय १२:०० बजे
















