गृहपृष्ठ साझा प्रकाशनका महाप्रबन्धक शर्माले दिए राजीनामा
साझा प्रकाशनका महाप्रबन्धक शर्माले दिए राजीनामा
साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन् । शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाए पनि त्यसबारेमा उनले मंगलबार मात्र जानकारी गराएका हुन् । शर्माको कार्यकालमा आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको, तलब नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीको सम्बन्ध बिग्रिएकोलगायतका आरोप लागेको थियो ।
यसअघि साझामा देखिएको बेथिति रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महाप्रबन्धक शर्मालाई स्पष्टीकरण माग गर्न साझा प्रकाशनलाई निर्देशन दिएकी थिइन् । साझा प्रकाशन सहकारी संस्थाले गत बुधबार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टीकरण माग गर्दै शर्मालाई पत्राचार गरेको थियो ।
प्रकाशित समय १९:५२ बजे

















