गृहपृष्ठ आकर्षणको केन्द्र जामुनखाडी : पर्यटकबाटै वार्षिक ३ करोड आम्दानी (फाेटाे फिचरसहित)

आकर्षणको केन्द्र जामुनखाडी : पर्यटकबाटै वार्षिक ३ करोड आम्दानी (फाेटाे फिचरसहित)

झापाको कनकाई नगरपालिका–१ स्थित जामुनखाडी सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख गन्तब्य बनेको छ । करिब ४० हेक्टरमा क्षेत्रफलमा फैलीएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा संरक्षीत गरिएका लोपोन्मुख बन्य जन्तु हेर्न, सिमसारमा सञ्चालित बोटिङको शयर गर्न, वाल उद्यानमा रमाउन, झोलुंगे पुलमा चढेर दृष्यावलोकन गर्न तथा मनोरञ्जनका लागि सो क्षेत्र आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरुको प्रमुख गन्तब्य बन्दै गएको हो ।
२०५२ सालमा स्थापना भएको ४ सय ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वनअन्तर्गत ४० हेक्टरमा फैलिएको सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको जमुनवारी समुदायीक बन उपभोक्ता समिति, जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
उनले भने ‘जामुनबारी सामुदायीक बनमा थुप्रै सिमसारहरु छन् । हामीले यस भित्रका विभिन्न पोखरी र लोपोन्मुख जनाबरहरु संरक्षण गरेर सिमसार क्षेत्रलाई उचित व्यवस्थापन गर्न सकियो भने प्रयाप्त आम्दानी गर्न सकिन्छ भनेर यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हौँ ।’
पूर्व पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको जामुनबारी अहिले पूर्वकै प्रमुख आर्कषक पर्यटकीय गन्तव्य स्थल मध्येको एक बनेको छ । संरक्षीत गरेर राखिएका लोपोन्मुख वन्यजन्तुहरू हरिण, मृग, लोखर्के, अजिंगर, बाँदर, ढेडु, भालु, चितुवा, बन्ढाडे लगायत विभिन्न प्रजातीका चरा, यहाँका प्रमुख आकर्षण हुन् ।
यस स्थानमा रहेका पोखरीमा सञ्चालित १५ वटा नाउमा पर्यटकले शयर गर्नसक्ने व्यवस्था मिलाइएको छ । पोखरीमा रहेको झोलुंगे पुलमा बसेर यहाँको दृश्यावलोकन गर्नुको छुट्टै आनन्द छ ।
बालबालिकाका लागि छुट्टै उद्यान समेत बनाइएको छ । त्यस्तै पर्यटकको सुविधाका लागि रोटे पिङको समेत व्यवस्था गरिएको छ । शुरुमा वार्षिक ८ लाख रुपैयाँ आम्दानी गरेको यो सिमसारले हाल ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको अध्यक्ष सिटौलाले जानकारी दिए ।
उनले भने ‘यहाँ न्यूनतम वर्षमा तीन लाखभन्दा बढी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । यस पर्यटकीय क्षेत्रमा प्रवेश शुल्क, जल विहार, वन पैदावारबाट ३ करोड रुपैयाँ वार्षिक आम्दानी गर्न सफल भएका छौँ ।’
यहाँ अहिले २ दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । यस वन उपभोक्ता समितिले विभिन्न क्षेत्रमा उकृष्ट बन्दै राष्ट्रिय स्तरका पुरस्कारसमेत प्राप्त गरेको अध्यक्ष सिटौलाको भनाइ छ ।
यस पर्यटकीय क्षेत्रमा नेपालका विभिन्न जिल्ला, भारतको पश्चिम बंगाल, बिहार लगायतका ठाँउबाट पनि पर्यटक दृयावलोकन र मनोरञ्जनका लागि आउने गरेको उपभोक्ता समुहका सदस्य अर्जुनकुमार गिरिले बताए ।
उनले भने ‘यहाँ मनोरञ्जन गर्न, पिकनिक मनाउन, संरक्षण गरेर राखिएका विभिन्न वन्य जन्तु हेर्न पर्यटकहरु नेपाल र भारतबाट आउँछन् । हामीले पर्यटकहरुको सुविधा क्रमशः थप गर्दै लैजाने योजना बनाएका छौँ । यसबाट वर्षेनी पर्यटकहरुको संख्या बढ्दै जाने हाम्रो अपेक्षा छ ।
यस क्षेत्रमा बाहै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी पर्यटकहरू संरक्षीत बन्यजन्तु हेर्न र प्राकृतिक दृश्यावलोकनका लागि आउँने गरेका छन् । पर्यटकहरु क्षेत्रमा वनभोज खान, माया पिरती साट्न, नैका बिहार गर्न र रमणीय दृष्यालोकन गरेर मनोरञ्जन लिन रमेत आउँछन् ।
विद्यार्थीहरू चुरे पहाडको फेदीमा रहेको यहाँको भौगोलिक विविधता, वन्यजन्तुका बारेमा अध्ययन गर्न आउने गर्छन् । झापाको इट्टाभटाका कृष्ण थामीले भने ‘यहाँ थुप्रै बन्यजन्तुहरु संरक्षण गरेर राखिएको रहेछ । हेर्न पाइयो । यहाँको सुविधा र शुन्दर वातावरणले मनै आनन्दीत बनायो ।’
पर्यटकहरुको बृद्धिसँगै आसपासको क्षेत्रमा व्यापार व्यवसाय पनि बृद्धि भएको छ । अहिले यस पर्यटकीय क्षेत्र अगाडि थुप्रै होटल तथा पसलहरु सञ्चालनमा आएका छन् ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु