गृहपृष्ठ सेना दिवस, टुँडिखेलमा शस्त्राभ्यास हुँदै
सेना दिवस, टुँडिखेलमा शस्त्राभ्यास हुँदै
सोमबार महाशिवरात्री तथा सेना दिवस देशरभर मनाइँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्दै छ ।
सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुदैछिन्छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए ।
प्रकाशित समय ०८:२१ बजे

















