गृहपृष्ठ एक वर्षपछि प्रदेश १ का विषयगत समितिहरुले पाए सभापति
एक वर्षपछि प्रदेश १ का विषयगत समितिहरुले पाए सभापति
प्रदेशसभा गठन भएको एक वर्षपछि संसदको विषयगत समितिहरुमा सभापति निर्वाचित भएका छन् । प्रदेशसभाका सात विषयगत समितिको बैठकबाट शुक्रबार सभापति निर्वाचित गरिएको हो ।
शुक्रबार छुट्टाछुट्टै समितिको बैठक आह्वान गरी सभापतिको निर्वाचन गरिएको थियो । निर्वाचनबाट न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा धनकुटाका सांसद इन्द्रमणि पराजुली निर्वाचित भएका छन् ।
सुशासन तथा योजना समितिको सभापतिमा झापाका सांसद अर्जुन राई, अर्थ समितिको सभापतिमा मोहनकुमार खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा शिवनारायण गनगाईं निर्वाचित भएका छन् ।
सामाजिक विकास समितिको सभापतिमा संखुवासभाकी सांसद सरिता थापा खड्का निर्वाचित भएकी छन् भने उद्योग पर्यटन वन तथा वातावरण समितिको सभापतिमा पाँचथरकी सांसद सीतादेवी थेवे निर्वाचित भएकी छन् ।
प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सांसद सर्वध्वज साँवा निर्वाचित भएका छन् । निर्वाचित सभापतिहरुलाई आइतबार सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित समय १७:४६ बजे

















