गृहपृष्ठ बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्। उनलाई आज बिहान बाैद्धबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आरोपी राईले आफूलाई ‘काम छ’ भनेर गाेकर्णेश्वरकाे माकलबारीस्थित एक घरमा बाेलाइ बलात्कार गरेकाे पीडित किशाेरीले प्रहरीसमक्ष बताएका छन् । घटनालगत्तै किशाेरीले प्रहरीलाई जानकारी गराएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले घटनाकाे विषयमा अनुसन्धान भइरहेका जानकारी दिए । डीएसपी बाेगटीका अनुसार पीडित किशोरीलाई मेडिकल जाँचका लागि पठाइएको छ ।

पक्राउ परेका राई आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सहसचिवसमेत हुन् ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु