गृहपृष्ठ कलेजको होस्टलमा अटोमेटिक पेस्तोल, फसाउन खोजिएको विद्यार्थीहरूको भनाइ
कलेजको होस्टलमा अटोमेटिक पेस्तोल, फसाउन खोजिएको विद्यार्थीहरूको भनाइ
सांकेतिक तस्बिर ।
भरतपुर महानगरपालिका- ५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको होस्टलमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।
एसपी कार्कीका अनुसार थ्रि नट थ्रि राइफलको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिकै एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोलीसमेत बरामद भएकाे छ । शनिबार दिउँसो कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो ।
बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै कलेजका विद्यार्थी र अभिभावक भदाै ५ गतेदेखि आन्दोलनरत छन् । साे होस्टेलमा २ सय विद्यार्थी बस्छन् । उनीहरुले आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन् । आन्दोलनको अगुवाई गरिरहेको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा हुन् ।
घटनाकाे विषयमा अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यलयका अनुसार अहिले होस्टल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित समय १८:२९ बजे

















