गृहपृष्ठ आठ जिल्लामा सवारी दुर्घटना : ११ जनाको ज्यान गयाे

आठ जिल्लामा सवारी दुर्घटना : ११ जनाको ज्यान गयाे

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

छुट्टाछुट्टै दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ ।

काठमाडौं, चितवन, झापा, कैलाली, मोरङ, मकवानपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १५ भगवानपाउस्थित सडकमा बा।३ ख ५१३४ नम्बरको ट्याङ्करले प्रदेश नम्बर ३-०२-००४ प ११५१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-३ घर भएका २१ वर्षीय साइरस गिरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे भुम्लु गाउँपालिका-१२ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने १८ वर्षीय प्रज्वल ठकुरीलाई मनमोहन अस्पताल स्वयम्भू हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल रिफर गरिएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१० स्थित सडकमा ना.२९ प ८८४५ नम्बरको स्कुटर र ना।५२ प ८५६७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटरका चालक सोही महानगरपालिका-७ बस्ने ६२ वर्षीय दिबाकर घिमिरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै झापाको बाह्रदर्शी गाउँपालिका-२ गच्छीमारीमा मे १ त ६८२३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुनिल मुर्मुको मेची अंचल अस्पताल भद्रपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा से।७ प ४०७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय पदम निधी पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को।३७ प १७ नम्बरको मोटरसाइकल र को ३४ प ६६०२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा को।३७ प १७ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैचा नगरपालिका-८ बस्ने २२ वर्षीय बिशाल खत्री र को ३४ प ६६०२ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-१ ढाटस्थित सडकमा को।१ ख ७३०९ नम्बरको टिपर र प्रदेश २-०१-००१ प १६०८ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनिया गाउँपालिका(२ बस्ने २८ वर्षीय हरेराम साह र मोटरसाइकलमा सवार सिरहा सुखिपुर नगरपालिका-२ बस्ने २४ वर्षीय मोहमद अजिर राईनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका उक्त मोटरसाइकलमा सवार सप्तरी रुपनी बस्ने १९ वर्षीय धनराज यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा ना ६ ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार रुपन्देही रोहनी नगरपालिका-६ बस्ने २७ वर्षीय अक्बर खानको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार रोहनी नगरपालिका-६ बस्ने ५० वर्षीय मक्बुल महरु मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनियाँ चोकमा ना ५ ख ४९९२ नम्बरको बसले ज ११ प ६३६४ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-९ डुमरी बस्ने ५५ वर्षीय सुफिलाल यादवको मंगलमा अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-११ स्थित सडकमा ना ३ त ३८९७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जय बहादुर वाईबाकी छोरी ४ वर्षीया यस्तर वाईबाको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु