गृहपृष्ठ विभिन्न ठाउँबाट ३० जना जुवाडे पक्राउ

विभिन्न ठाउँबाट ३० जना जुवाडे पक्राउ

pakrau-arrest-newskarobar

काठमाडौंको तारकेश्वर नगरपालिका ९ मनमैजु डेरा गरी बस्ने नुवाकोट पंचकन्या गाउँपालिका २ घर भएका ३८ वर्षीय दिनेश पन्तको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा पन्तलगायत १६ जनालाई नगद ६ लाख २५ हजार रुपैयाँ र ६ बुक ताससहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै पाल्पाको रामपुर नगरपालिका ५ रानाटोल बस्ने रुद्र कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १४ जनालाई नगद १ लाख ३ हजार २ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु