गृहपृष्ठ प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला, बुधबार प्रत्यारोपण गरिने
प्रधानमन्त्रीलाई नातिनीले दिने भइन् मिर्गौला, बुधबार प्रत्यारोपण गरिने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातिनीसँग ‘म्याच’ भएपछि बुधबार प्रत्यारोपण गरिने भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा नै मिर्गौला प्रत्यारोपण गर्नका लागि सोमबार अस्पताल भर्ना गरिने उनको निजी सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीले मिर्गौला दिने भएकी छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन । मिर्गौला दिने भनिएकी उनकी नातिनी पहिलेदेखिनै ओलीको सान्निध्यमा रहेकी थिइन् ।
प्रधानमन्त्री ओलीको २०६३ मा पहिलो पटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित समय १५:०९ बजे

















