गृहपृष्ठ ‘कोरोना आइहालेमा कुन स्थिति होला सोच्नुपर्दैन सरकार ?’
‘कोरोना आइहालेमा कुन स्थिति होला सोच्नुपर्दैन सरकार ?’
सांसद देवप्रसाद तिमिल्सेना सरकारलाई कामभन्दा पनि कुरा बढी भएको भन्दै आलोचना गरेका छन् ।
शुक्रबार संघीय संसद बैठकमा बोल्दै सांसद तिमिल्सेनाले कोरोना भाइरसबारे प्रचरबाजी मात्र गरेको आरोप लगाए । उनले भने, ‘सरकार भाइरस नियन्त्रण वा कम फैलिनबाट जोगाउने तयारी भन्दा पनि प्रचारमा मात्र सिमित भएको छ ।’
उनले यदि कोरोनाभाइरस आइहालेमा के स्थिति हुन्छ ? सोच्नुपर्दैन सरकार ?’ भनेर प्रश्न गरेका छन् । चीनलाई त हम्मेहम्मे भएको अवस्थामा नेपालले नाकाहरुमा कुनै तयारी नगरेको उनको आरोप छ ।
‘सरकारले कोरोनाबाट जोगिने तयारी मात्र होइन, त्रास फैलिएको बेलामै पनि भएको कालोबजारीलाई नियन्त्रण गर्न सकेको छैन ।’ उनले भने ।
प्रकाशित समय १३:१६ बजे

















