गृहपृष्ठ नेपालमा गास, बास, कपाससँगै रोगहरु पनि आयात हुन थाले : डा. खड्का
नेपालमा गास, बास, कपाससँगै रोगहरु पनि आयात हुन थाले : डा. खड्का
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले नेपालले सबै कुराहरु आयात गरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता खड्काले नेपालमा गास बास कपाससँगै विभिन्न रोगहरु पनि आयात हुन थालेको बताए । उनले भने, ‘नेपाल यस्तो देश हो जसमा गास, बास र कपासलगायतका कुराहरु त आयात गर्छौं नै रोगहरु पनि आयात गर्नु परेको छ ।’
अहिले विश्वमा चलेका विभिन्न रोगहरु क्रमिक रुपमा नेपालमा फैलँदै आएको उनले बताए ।
डा. खड्काले भने, ‘१९९० को दशकमा एचआइभी एड्स, २००० को दशमा सार्स, २०१५ तिर सिड्रम र अहिले आएर कोरोनाले तर्साइरहको छ ।’ यी रोगहरुको नियन्त्रणका लागि चीनले गरेको काम विश्वमा नै सह्राहनीय भएको बताए ।
देशमा यस्तो प्रकोप फैलिएको बेलामा माफियाहरुले पनि जनतालाई ठगिरहेका बेलामा सरकारले चाँडोभन्दा चाँडो निगरानी बढाउनुपर्ने उनले जोड दिए ।
प्रकाशित समय १२:५२ बजे

















