गृहपृष्ठ विप्लव समूहको कब्जाबाट किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता पक्राउ

विप्लव समूहको कब्जाबाट किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता पक्राउ

बरामद हतियार तथा दस्तावेज ।

बुधबार साँझ विप्लव कार्यकर्ताको अपहरणमा परेकी धनुषाको गणेशनाथ चारनाथ नगरपालिका- ५, गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको प्रहरीले उद्धार गरेको छ । उनलाई बिहीबार दिउँसो उदयपुरबा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विप्लव समूहका १४ कार्यकर्ता पनि पक्राउ परेका छन् । विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीका अनुसार विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल, ११ वटा सकेट बम र प्रेसरकुकर बम तथा केही दस्तावेजहरू पनि बरामद भएको छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु