गृहपृष्ठ आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्ने

आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्ने

नेपाल आयल निगम मनाङ मर्स्याङदी क्लब १८औं संस्करणको ‘आहा रारा गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङले उपाधिका लागि पुलिससँगको भेट तय गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले सुरुआती अग्रता लिएको थियो । मनाङका लागि खेलको तेस्रो मिनेटमै विदेशी खेलाडी फ्लोरेन्टले गोल गरे । अन्जन विष्टको पासमा फ्लोरेन्टले बललाई विपक्षी पोष्टको जाली चुमाए । २८औं मिनेटमा विमल रानाले गोल थपेपछि मनाङ २-० को अग्रता लियो ।

आर्मीका लागि पहिलो गोल कप्तान भरत खवासले गरे । खेलको ४०औं मिनेटमा जर्जप्रिन्स कार्कीको लामो क्रस पास गरे । जसलाई नवयुग श्रेष्ठले हेडरमार्फत भरतका लागि पास मिलाइदिए । सो मौका भरतले खेर फालेनन् । योसँगै पहिलो हाफ २-१ को नतिजामा सकिएको थियो ।

दोस्रो हाफमा अन्जन विष्टले मनाङका लागि गोल थपे । ८०औं मिनेटमा अन्जनले गोलबाट मनाङले ३-१ को अग्रता लियो । तर त्यसको २ मिनेट बितेलगत्तै आर्मीका दिपकुमार लामाले गोल गरे । टंक बस्नेतको पासमा दिपले गोल गरे पनि आर्मीको हार भने टरेन ।

फाइनल शनिबार हुनेछ ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु