गृहपृष्ठ सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन : प्रधानमन्त्री

सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको बताएका छन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय संयन्त्र बनाउन गरेको प्रस्ताव अस्वीकार गरेका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडियो कन्फरेन्स गर्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेकाे अवस्थामा नेपालमा लकडाउन खुला गर्ने कुरा हुननसक्ने बताए । यस्तो बेलामा लापरबाही नगर्न पनि उनले सबैलाई सचेत गराए ।

भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेकपाका अध्यक्ष दाहालले बिहीबार इमेज च्यानल टेलिभिजनमा कुराकानी गर्दै कोरोना महामारीको जोखिममा काम गर्न अहिलेको अवस्थामा सर्वदलीय संयन्त्रको आवश्यकता रहेको बताएका थिए ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु