गृहपृष्ठ पहाडी र हिमाली क्षेत्रका सशस्त्र प्रहरी सीमामा खटाउन गृहमन्त्रीको निर्देशन

पहाडी र हिमाली क्षेत्रका सशस्त्र प्रहरी सीमामा खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले नेपाल-भारत सीमा क्षेत्रमा थप कडाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापाले सोमबार गृहसचिव महेश्वर न्याैपानेमार्फत सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाललाई त्यस्तो निर्देशन दिएका हुन् ।

पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यक बाहेकका जनशक्तिलाई तराईका जिल्लामा ल्याएर सीमा सुरक्षामा परिचालन गर्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितकाे संख्या बढ्दै जाँदा सीमा आउजाउमा कडाई गर्न गृह मन्त्रालयले मातहतलाई निर्देशन दिएको हो ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु