गृहपृष्ठ २०३ सांसदसहित ४३३ को स्वाब संकलन, रिपोर्ट नेगेटिभ आए मात्र बैठकमा प्रवेश अनुमति

२०३ सांसदसहित ४३३ को स्वाब संकलन, रिपोर्ट नेगेटिभ आए मात्र बैठकमा प्रवेश अनुमति

सांसद नारायणकाजी श्रेष्ठको स्वाब संकलन गरिँदै ।

संघीय संसद सञ्चालनको तयारीस्वरूप बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान १० बजेदेखि सांसद तथा संसदका कर्मचारीहरूको सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलनमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट नेगेटिभ आएका सांसदहरू मात्रै बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् ।

प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा हाल ५८ जना सांसद छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु