गृहपृष्ठ थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४५३ पुगेको छ । यसमध्ये ४९ जना निको भएर घर फर्केका छन् ।
झापाका ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।हालसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ र पीसीआरबाट ३८ हजार ७ सय ३६ परीक्षणहरु गरिएका छन् ।
कोरोना संक्रमणबाट नेपालमा ३ जनाको मृत्यु भइसकेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो ।
प्रकाशित समय १६:३८ बजे

















