गृहपृष्ठ थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो

आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३ र गुल्मीमा १ जना गरी १९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी- ३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर- ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।रुपन्देहीको समरिमाई- ५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा हालसम्म भेटिएका संक्रमितको संख्या ६०३ पुगेको छ । यसमध्ये ८७ जना निको भएर घर फर्किसकेका छन् । तीन  जनाको भने उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु