गृहपृष्ठ कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप ४३४ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप ४३४ जनामा संक्रमण पुष्टि

अहिलेसम्म २ हजार ६५० जना कोरोनामुक्त

देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा ४८ महिला र ३८६ पुरुष गरी थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेमा महिला ११ सय ४२ र पुरुष १० हजार २० जना छन् ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा १९ महिला र २९३ पुरुष रहेका छन् । योसँगै संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार पाँच सय ४३ जनाको परीक्षण भएको छ । आइसोलेसनमा बस्नेको संख्या आठ हजार चार सय ८६ र क्वारेन्टिनमा रहेकाको संख्या ७४ हजार २२ छ ।

हालसम्म काेराेना संक्रमण नदेखिएकाे जिल्ला रसुवा मात्र छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु