गृहपृष्ठ ४६३ जना संक्रमित थपिए
४६३ जना संक्रमित थपिए
निको हुनेको संख्या ३ हजार नाघेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३५८ पुरूष र १०५ जना महिला रहेका छन् ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ हजार २९८ पुरूष र १ हजार ४७४ महिलासहित १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।
प्रकाशित समय १६:२७ बजे

















