गृहपृष्ठ संक्रमितको संख्या दिनहुँ बढ्दै, थप ४७६ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या दिनहुँ बढ्दै, थप ४७६ जनामा कोरोना संक्रमण

नेपालमा गएको २४ घण्टाभित्र ४ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार काठमाडौंका ६ सहित ११२ महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

अब नेपालमा कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

उनका अनुसार बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

कोरोनाका कारण २९ जनाको ज्यान गएको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु