गृहपृष्ठ छोटो दूरीमा सार्वजनिक यातायात र ट्याक्सी चलाउन पाइने, भाडा बढ्यो
छोटो दूरीमा सार्वजनिक यातायात र ट्याक्सी चलाउन पाइने, भाडा बढ्यो
सरकारले जिल्लाभित्र चल्न पाउनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भने तीनवटै जिल्लामा जान पाउनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न सकिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने सार्वजनिक यातायात सञ्चालन हुन पाउने छैनन् । यात्रुबहाक बसले सिट संख्याको आधामात्रै यात्रु चढाउन पाउनेगरी व्यवस्था गरिएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले निजी सवारी साधन भने जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने व्यवस्था कायमै रहेको जानकारी दिए । अब ट्याक्सी पनि सञ्चालन हुनेछन् ।
यात्रुले मास्क लगाउनु पर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जा र मास्क लगाउनु पर्ने, भाडदर तोकिएको भन्दा ५० प्रतिशतसम्म बढी लिन पाउने सरकारले मापदण्ड निर्धारण गरेको छ ।
प्रकाशित समय १८:२२ बजे

















