गृहपृष्ठ यस्तो छ बाढीको पूर्वानुमान : कहाँ-कहाँ जोखिम ?
यस्तो छ बाढीको पूर्वानुमान : कहाँ-कहाँ जोखिम ?
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोशी, कमला, बागमती र नारायणी नदीमा बहाव सतर्कता आसपास रहने जनाएको छ । कन्काईमा जलस्तर खतरा तहसम्म पुग्नसक्ने छ ।
प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहालगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाले जनाएको छ । तराईको डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाको अनुरोध छ ।
रातिदेखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा भएकाले विरिङ, निन्दा, कन्काई, मावा-रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटीय क्षेत्रमा रहनेलाई महाशाखाले पूर्वसूचनाको एसएमएस पठाएको छ ।

प्रकाशित समय १२:०८ बजे

















